१६ चैत्र २०८०, शुक्रबार

सङ्खुवासभाको सिलिचोङमा सात घर पहिरोले बगायो, ११ जना बेपत्ता

Pahiro 1

केही दिनदेखि परिरहेको भारी वर्षाका कारण संखुवासभाका सिलिचोङ गाउँपालिकामा गएराति पहिरो जाँदा ११ जनाका बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, संखुवासभाले घटनास्थलमा सिलिचोङ प्रहरी कार्यालयबाट घटनास्थलमा टोली पठाएको छ । यद्यपि, हालसम्म टोली पुगिसकेको छैन ।

संखुवासभाका डीएसपी नवराज मल्लले बताए अनुसार त्यस क्षेत्रममा पहिरोले ८ वटा घर पुरेको खबर आएको छ । ‘नजिकैको प्रहरी चौकीबाट घटनास्थलमा पुग्न चार घन्टा लाग्छ, अहिले ३ घन्टा हुन लाग्यो । टोली पुगेपछि विस्तृत खबर आउँछ’, मल्लले भने ।

मल्लका अनुसार वर्षाका कारण सदरमुकाम खाँदबारीका विभिन्न ठाउँमा पनि पहिरो गएको छ । क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ । अहिले पनि भारी वर्षा भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ । 

    सम्बन्धित समाचार...