८ बैशाख २०८१, शनिबार

३३ किलो सुन प्रकरणका एक आरोपीलाई युएईबाट नेपाल ल्याइयो

gold

३३ किलो सुन तस्करीमा संलग्न रहेको आरोप लागेका एक जना नेपालीलाई युएईबाट शनिबार नेपाल ल्याइएको छ।

इन्टरपोलमा रेडकर्नर नोटिस जारी गरेपछि युएईमा पक्राउ परेका काभ्रेका करिब ४२ वर्षीय हरिशरण खड्कालाई नेपाल ल्याइएको प्रहरीले जनाएको छ।

गत माघमा युएईमा समातिएका उनलाई कानुनी प्रक्रिया पूरा गरी आज नेपाल ल्याइएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खड्कालाई महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको विमानस्थल प्रहरीले जनाएको छ।

खड्कासहित १२ जनाविरूद्ध इन्टरपोलमा रेड नोटिस जारी गरिएको थियो। खड्का वैदेशिक रोजगारीमा गए पनि जागिर छाडेर सुन तस्करीमा लागेको आरोप छ।