पुर्व-पश्चिम राजमार्ग अन्तर्गत बर्दिवास खण्डको सडकपेटी विचौलियाको कब्जामा
मधेश प्रदेशको व्यस्त सडक मानिएको पुर्व-पश्चिम राजमार्ग अन्तर्गत बर्दिवास सडक खण्डमा ठेलागाँडा मजदुरहरुसगँ पैसा असुल गरेर सडक जाम गराउने गरेको खुलासा भएको छ ।
जनही ३ सयदेखि ९ सयसम्म पैसा अशुल गरेर सडकपेटीलाई कमाउने धन्दा वनाउने गरेको तथ्य वाहिरिएपछी बर्दिवास नगर क्षेत्रमा सडकको थप अस्तव्यस्तताको कारक खुलासा भएको हो ।
सडक किनारामा राखिएका ठेलागाँडा पशलहरुले ९ सय रुपैयाँ दिने गरेको स्विकार गरेका छन । म जहिल्यै ढल्केवरवाट ठेलामा सामन ल्याएर याँहा वेच्ने गर्छु ।´ दिपक भनिने एक ठेलाव्यापारीले भने ।
पैसा दिएपछि खासै समस्या पनि हुँदैन त्यसैले अन्य साथीहरु पनि वाहिरवाट याँहा नै आउनुहुन्छ ।´
अन्य ठाउँमा सामान लिएर जाँदा व्यापार नहुने र बर्दिवासका सडक किनारामा राख्दा भनेजस्तो व्यापार चल्ने हुँदा खुसीले नै उक्त पैसा दिने गरेको उनिहरुले वताएका छन ।
सडकपेटीहरु अस्तव्यस्त भएको व्यापक जनगुनासो वढीरहेको भन्दै बर्दिवास नगरपालिकाले विहान-वेलुका केही कर्मचारी र नगर प्रहरी समेत खटाउने गर्दछ ।
तर यस्का वावजुत पनि सडकको दुरावस्था यथावत रहिरहेको वेला ठेलागाँडाहरुसगँ पैसा उठाएर संरक्षण गरिएको तथ्यले आम मानिसहरुलाई झस्काएको छ ।
कस्लाई दिन्छन पैसा ?
ठेला व्यापारीहरुले पैसा उठाएर दिनेश भनिने अर्को व्यापारीलाई दिने र उन्कै माध्यमवाट पैसा समबन्धित ठाउँमा पुग्ने गरेको पाईएको छ ।
यता दिनेशले उक्त पैसा संकलन गरेको स्विकार गरेका छन । वजारको ठेक्का पाएका विजय महतोको निर्देशनमा उक्त पैसा अशुल गरेको उन्ले वताए ।
मैले पैसा संकलन गरेको नै हौ । तर त्यो पैसा विजय महतोलाई दिने गरेको छु ।´ उन्ले भने ।
यति भएपछि याँहा नै राखेर निर्वाधरुपमा व्यापार गर्न पाईन्छ ।´
ठेलाको लागि औरही सडक खण्डमा ठाउँ निर्धारण गरेतापनी त्याँहा व्यापार नहुने गरेको उनिहरुको भनाई छ । मुख्य राजमार्गको छेउछाउमा भनेजस्तो व्यापार हुने भएकाले उक्त पैसा दिन वाध्य भएको आधा दर्जन ठेला व्यापारीहरुको हामिलाई अडियो रेकर्ड समेत प्राप्त भएको छ ।
बजारको ठेक्का पाएका विजय महतोले पनि पैसा आफुलाई ठेलागाँडावालाहरुले मनखुसीले दिएको र उक्त पैसा लिएको स्विकार गरेका छन । मलाई माछामासु खानु भनेर उनिहरुले नै दिएका हुन । मैले मागेको हैन ।´ उन्ले भने ।
यसमा नगरपालिकाका कर्मचारीहरुको कुनै हात छैन ।´
तर सडक पेटीमा अनाधिकृतरुपमा ठेला तथा अन्य पशलहरु राखेर सडक अस्तव्यस्त वनाउनेहरुलाई हटाउने जिम्मेवारी लिएका उनिहरुले ठेलागाँडाहरुलाई किन हटाएनन भन्ने गम्भीर प्रश्न वनेको छ ।
विजय महतोको माध्यमवाट सवै विषय बाहिर आउन सक्छ ।´ स्थानिय व्यवसायी गुन्ज कार्कीले भने ।
जिम्मेवारी लिएर हरेक क्षेत्रलाई गरिखाने भाडो वनाउने जोकोहीलाई कडा कारवाही गर्नुपर्छ ।´
कर तिरेर व्यापार गर्ने व्यापारीहरुको मर्म विपरित गरिएको कार्य दु:खद छ : उधोग बाणिज्य संघ
कर तिरेर औपचारिकरुपमा व्यापार गर्नेहरुको मर्म विपरित सडकपेटीलाई निजि सम्पत्ती वनाएका जोकोहीलाई कानुनी दायरामा ल्याउनुपर्ने उधोग बाणिज्य संघका अध्यक्ष बिष्णु खडकाले वताए ।
नगरपालिकाको संरक्षण देखिनेगरी ठेलागाँडा व्यापारीहरुसगँ पैसा असुल्नु दु:खद भएको वताउदै खडका दुर्घटनाको कारक एकातिर वन्ने र अर्कोतिर स्थानिय व्यापारीहरु उपेक्षामा परेको वताउछन ।
`विजय महतो भन्ने व्यक्तिले कस्को निर्देशनमा ठेलागाँडा त्याँहा राख्न दिए भन्ने बिषय महत्त्वपूर्ण हो ।´ अध्यक्ष खडकाले भने । ´यदि उनी आफैले त्यो वातावरण सिर्जना गरेका हुन भने कुन कानुनमा आधारित भएर गरेका हुन त ?´
ठेला गाँडामा राखिएका पशलहरुको कारण अस्तव्यस्त वनिरहेको सडकको विषयलाई लिएर पत्रकारहरुले केहीदिन अगाडि जिल्ला ट्राफिक कार्यालयमा समेत सामुहिक ध्यानाकर्षण जनाएका थिए ।
नगर प्रवक्ता विजय महतोले भने यस्को विषयमा छानविन गर्ने वताएका छन । वजार व्यवस्थापन समितीमा छलफल गरेर वुझ्नेछु ।´ प्रवक्ता महतोले भने ।
मलाई पनि थाहा थिएन यस्लाई गम्भिररुपमा लिएका छौ ।´