१९ बैशाख २०८२, शुक्रबार

राष्ट्रिय युवा संघ बाँकेका अध्यक्षसहित पाँच जना जेल चलान

b 1

हत्या प्रयासको अभियोगमा राष्ट्रिय युवा संघ बाँकेका अध्यक्षसहित पाँच जना जेल चलान भएका छन् ।

जिल्ला अदालत बाँकेले दुईजना युवालाई खुँडा र खुकुरी प्रहार गरी हत्या प्रयास गरेको अभियोगमा राष्ट्रिय युवा संघ बाँकेका अध्यक्षसहित पाँच जनालाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो ।

न्यायाधीश दीपक घिमिरेको एकल इजलासले हिजो साँझ राप्ती सोनारी गाउँपालिका-२ का वडाध्यक्ष समेत रहेका ज्ञानु भनिने ज्ञानेन्द्र राज ओलीसहित राप्तीसोनारीका सन्दीप ओली, रत्न भण्डारी, लोकबहादुर डाँगी र नेपालगञ्जका सन्तोष गुप्तालाई जेल चलानको आदेश दिएको हो ।

बाँकेको बिनौनामा भदौ १ गते राप्ती सोनारीका २८ वर्षीय सन्दीप विष्ट र बैजनाथ-७ पशुरामपुरका २८ वर्षीय सुलभ मल्लमाथि १० जना गुण्डाको समूहले संघातिक आक्रमण गरेका थिए । आक्रमणमा परि घाइते भएका युवाको भारतको लखनउमा उपचार भैरहेको छ।

    सम्बन्धित समाचार...