मधेशमा माओवादी केन्द्रको तीव्र ओरालो यात्रालाई के प्रचण्डले ब्रेक लगाउन सक्लान् ?
मधेश प्रदेशमा अध्यक्ष प्रचण्ड सहित आधा दर्जन केन्द्रीय पदाधिकारीहरू आज र भोलि पार्टीको सागंठनिक अवस्था र पछिल्ला परिणामहरूको विषयमा निर्मम समीक्षा गर्न आइपुगेका छन् ।
यही सन्दर्भलाई लिएर चिया र चौतारीहरूमा मधेशको खस्कँदो सागंठनिक अवस्थालाई सुधार गर्न प्रचण्डले कस्तो रणनीति अवलम्बन गर्छन् भन्ने आम चासो वनेको छ ।
नेता र कार्यकर्ताहरूको भावनालाई आत्मासाथ गर्न नसक्दा पछिल्लो समय असन्तुष्ट पक्षहरूलाई नेकपा एमाले, जसपा, लोसपा जस्ता दलहरूले व्यवस्थापन गरिरहेको देखिन्छ ।
१ वर्षको अवधिमा माओवादी केन्द्र कै उच्च तहका नेताहरूको तथ्याङ्क अनुसार ६ सय भन्दा बढी नेता, कार्यकर्ताहरूले पार्टी छाडिसकेका छन् ।
अझ अचम्म लाग्दो त काहानिर छ भने नेकपा एमालेले त माओवादी केन्द्रबाट भित्र्याएका नेता, कार्यकर्ताहरूलाई पाटी बलियो बलियो बनाउने अस्त्र नै बनाएको छ ।
उदाहरणको रूपमा महोत्तरीको अहिलेको एमालेको सागंठनिक अवस्थालाई हेर्न सकिन्छ । यसअघि भएको एमाले अधिवेशनमा माओवादीबाट नै प्रवेश गरेका बलिराम यादवलाई नेतृत्व दिइएको छ भने पदाधिकारीमा पनि अधिकांश माओवादीबाट भित्रिएकाहरू नै छन् ।
जिल्लाको मात्र हैन स्थानीय तहको अवस्था हेर्ने हो भने एमालेले माओवादीबाट भित्रिएकाहरूलाई प्राथमिकतामा राखेको छ ।
महोत्तरीको उत्तरी क्षेत्र बर्दिबासमा सचिव, स-सचिव देखि पदाधिकारीमा माओवादीबाट भित्रिएकाहरू छन् ।
दक्षिणतर्फ माओवादी केन्द्र बलियो देखिएका पालिकाहरूमा एमालेले उनीहरूलाई पार्टी बलियो बनाउने हतियार बनाएको छ । माओवादीको बलियो पकड भनिएको सम्सीमा माओवादीबाट नै प्रवेश गरेकालाई अध्यक्षको नेतृत्व दिइएको छ ।
यस्तो अवस्था महोत्तरीमा मात्र हैन अन्य जिल्लाहरूमा पनि देखिन्छ । केन्द्र तहका ज्वाला कुमारी साह देखि वुदिनी देवीसम्म आइपुग्दा एमालेले नै उनीहरूलाई परिचालन गरेर पार्टीको संगठनलाई मजबुत बनाउँदै लगेको छ भने माओवादी केन्द्र थप कमजोर बन्दै गएको देखिन्छ ।
पार्टी कमजोर हुनुमा यस्का अन्तर्यहरु मूलतः आन्तरिक कलह नै हो ।´ केन्द्रीय सदस्य प्रकाशहरी पोखरेलले भने ।
यो विषयमा पनि आज र भोलि हुने बैठकमा निर्मम समीक्षा हुनेछ ।´
बैठकमा उठेका विषयहरूको पार्टी अध्यक्ष प्रचण्ड स्वयमले दस्ताबेज बनाउने र उपयुक्त छलफल गरेर निष्कर्ष निकालिने केन्द्रीय सदस्यहरूले बताएका छन् ।
अझ मधेशमा संस्थापन पक्ष र संस्थापन इतरको नाममा अनेक गुटबन्दी सिर्जना भएको माओवादी केन्द्रका नेता, कार्यकर्ताहरू नै स्वीकार गर्छन् ।
सिरहा, सर्लाही, महोत्तरीमा पूर्व जनमोर्चा समूह र प्रचण्ड समूहबिच जहिल्यै काहीँ न काहीँ मतभेद सिर्जना हुने गरेको र केही आधार इलाका भएका ठाउँहरू अघिल्लो निर्वाचनमा समेत गुमाउनुले यसलाई पुष्टि गरेको छ ।
यसैको परिणाम महोत्तरी क्षेत्र नं.१ मा गिरिराजमणि पोखरेलले संघमा र राजु खड्काले स्थानीय तहमा पराजय भोग्नुपरेको माओवादी केन्द्रका एक नेता बताउँछन्।
मधेशमा माओवादीमा देखिएको आन्तरिक कलहका कारण, असन्तुष्टि र नेता कार्यकर्ताहरूको पार्टी वहिगर्मनका विषयमा पनि बैठकमा गहन छलफल हुनेछ । ‘माओवादी केन्द्र महोत्तरी इन्चार्ज राजु खडकाले भने ।अब पार्टी कमजोर हुनुमा दोषारोपण गरेर मात्र हुँदैन मैदानमा काम गर्नुपर्ने अवस्था आएको छ ।’
मधेश प्रदेश इन्चार्ज गणेश साह एक अर्कोलाई दोष लगाउने तर कमजोरीका कारकहरूको विषयमा समीक्षा गर्न नसक्दा माओवादी केन्द्र कमजोर बन्दै गएको बताउँछन् ।
उनले एक अन्तर्वार्तामा प्रचण्डमा विकल्पको खोजी भन्दा पनि सच्चिनु पर्ने र सुधार गर्नुपर्ने कयौँ ठाउँहरू भएको अभिव्यक्ति दिएका छन् ।
यसरी नेता, कार्यकर्ताहरूले असन्तुष्टि र वहिगर्मनलाई नेताहरूलाई नै मुख्य जिम्मेवार ठहर्याएका छन् । ६ प्रदेशमा बैठक सम्पन्न गरेर मधेश आइपुगेका पदाधिकारीहरूको छलफल महोत्तरीको बर्दिबास रिसोर्टमा भइरहेको छ ।
अध्यक्ष प्रचण्ड सहित नेताहरू अग्नि सापकोटा, हरिवोल गजुरेल , गिरिराजमणि पोखरेल, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, शक्ति बस्नेत, देव गुरुङ बर्दिबास आइपुगेका छन् ।
बर्षामान पुन र मातृका यादव भने उपचारको क्रममा चीनमा छन् ।