Close Me
२४ माघ २०८१, बिहीबार

बेल्जियममाथि फ्रान्सको सहज जित

france vs belgium 2

युएफा नेसन्स लिगमा फ्रान्सले बेल्जियममाथि सहज जित हात पारेको छ । ग्रुपमा स्टेडियममा डिडियर डेसच्याम्प्सको घरेलु टोलीले बेल्जियमलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

लिग ए समूह २ को उद्घाटन खेलमा इटलीसँग ३-१ ले पराजित भएको फ्रान्सले बेल्जियमविरुद्ध शानदार प्रदर्शन गर्दै सहज जित हात पार्यो ।

इटालिविरुद्ध पुरा समय मैदानमा बिताएका कप्तान केलियन एमबाप्पे यस खेलमा भने सुरुवाती ११ परेका थिएनन् ।

बेल्जियमले सुरुवातमा केही राम्रा अवसरहरु बनाएपनि गोलमा परिणत गर्न सकेन । २९औं मिनेटमा कोलो मुआनीले डेडलक तोड्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

फ्रान्सका लागि यो उनको छैठौं गोल थियो । ५७औं मिनेटमा पेरिस सेन्ट-जर्मेन पएसिजीका ओस्मान डेम्बेलेले गोल गरेपछि फ्रान्सले २-० को अग्रता बनायो । एम्बाप्पेलाई दोस्रो हाफको मध्य तिर मैदानमा पठाइएको थियो । उनले दुई पटक राम्रो मौका पाए पनि गोल गर्न सकेनन् । त्यसपछि दुवै टिमबाट थप गोल हुन नसक्दा फ्रान्स विजयी भयो ।

जितसँगै ३ अंक जोडेको फ्रान्स लिग ए समूह २ को दोस्रो स्थानमा उक्लिएको छ । आफ्नो पहिलो खेलमा इजरायललाई ३-१ ले पराजित गरेको बेल्जियम ३ अंक सहित तेस्रो स्थानमा छ ।

    सम्बन्धित समाचार...