१९ बैशाख २०८२, शुक्रबार

कोशी सरकारलाई पूर्व मुख्यमन्त्री कार्कीको ४८ घण्टे अल्टिमेटम, माग पूरा नगरे अनशन बस्ने चेतावनी

kedar karki

कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्की र पूर्वमुख्यमन्त्री केदार कार्कीबीच विवाद चुलिएको छ । आफ्नो सरकारले ल्याएका कार्यक्रमहरुलाई निरन्तरता नदिए अनशन बस्ने पूर्व मुख्यमन्त्री कार्कीले ४८ घण्टे अल्टिमेटम दिएका छन् ।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री कार्कीले मुख्यमन्त्री हिक्मत कार्कीलाई ९ बुँदे स्मरण पत्र पठाउँदै ४८ घन्टाभित्र माग पूरा नगरे सरकारविरुद्ध अनशन बस्ने चेतावनी दिएका हुन् ।

आफू नेतृत्वको सरकारले ल्याएको जनहितकारी कार्यक्रम वर्तमान सरकारले कटौती गरेको भन्दै पूर्वमुख्यमन्त्री कार्कीले हालका मुख्यमन्त्रीविरुद्ध निरन्तर अभिव्यक्ति दिँदै आएका छन्।

पूर्वमुख्यमन्त्री कार्की नेतृत्वको सरकारले प्रदेशभरीका १० वर्ष मुनिका बालबालिकाकाका लागि विशिष्टीकृत सेवासहित निःशुल्क उपचार कार्यक्रम सञ्चालन गरेको थियो । हालका मुख्यमन्त्री कार्कीले स्रोतले नधान्ने भन्दै त्यो कार्यक्रम कटौती गरेका छन् ।

बजेटमा २५ लाख रुपैयाँभन्दा तलका आयोजना नराख्ने नीति, शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको सञ्चालन, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता, घिउ तथा धुलो दुधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम, सुनसरी-मोरङ केसलिया करिडोरको विकास कार्यक्रम, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृति, डाक्टर, इन्जिनियर लगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति तथा जनावरमैत्री जंगल कार्यक्रम जस्ता महत्वपूर्ण कार्यक्रम कटौती गरिएको पूर्व मुख्यमन्त्री कार्कीको आरोप छ ।

कोशीमा अहिले एमाले नेतृत्वमा सरकार छ । समर्थन प्रकट गरिसकेको सरकारमा केही दिनमै कांग्रेस सहभागी बन्दैछ ।

image 2

    सम्बन्धित समाचार...