१९ बैशाख २०८२, शुक्रबार

जीवी राई खोज्न मलेसिया पुगेको प्रहरी टोली रित्तो हात फर्कियो

GB rai

सहकारी ठगी प्रकरणमा फरार रहेका गीतेन्द्रबाबु उर्फ जीबी राई खोज्न मलेसिया पुगेको नेपाल प्रहरीको टोली खाली हात फर्किएको छ ।

नेपाल प्रहरीका एसपी र सईले एक सातासम्म मलेसियामा जीबीलाई खोजे पनि फेला नगरेपछि खाली हात फर्किएको बताइएको छ ।

‘जीबी मलेसियामा रहेको जानकारी पाएपछि परराष्ट्र मन्त्रालयको समन्वयमा प्रहरीको टोली पठाइएको थियो । जिबीबारे केही पत्तो नलागेन । उहाँहरु हिजो (बुधबार) फर्किनुभयो,’– एक प्रहरी अधिकारीले बताए ।

सहकारी ठगी मुद्दामा फरार रहेका जिबीमाथि पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको सहारा, काठमाडौंको स्वर्णलक्ष्मीलगायतका सहकारीमा बचतकर्ताले जम्मा गरेको रकम अपचलन गरेको आरोप छ ।