१६ चैत्र २०८०, शुक्रबार

हाँस्य कलाकार सन्दीप क्षेत्रीले मधेसी समुदायसँग माफी मागे

sandeep what the flop

हास्यकलाकार तथा कार्यक्रम प्रस्ताेता सन्दीप क्षेत्रीले मधेसी समुदायसँग माफी मागेका छन्।

बिहीवार कमेडी कार्यक्रम ‘ह्वाट द फ्लप’को सुरुवातमै उनले कार्यक्रममा प्रसारित साम्रग्रीले मधेसी समुदायको भावनामा चोट पुग्न गएकोप्रति आफू दुःखी रहेको बताएका हुन्।

उनले कार्यक्रम ‘ह्वाट द फ्लप’ विशुद्ध मनोरञ्जनात्मक भएको बताउँदै दर्शकको सल्लाह अनुरुप कार्यक्रममा प्रस्तुत हुने साम्रग्री परिमार्जन गरिने बताए।

सन्दीपले कान्तिपुर टेलिभिजनबाट प्रशारित ‘व्हाट द फ्लप्’ नामका कार्यक्रममा “विवाहको ७ वर्षपछि मात्र नागरीकता” शिर्षकमा प्रस्तुती दिएका थिए ।

‘ह्वाट द फ्लप’ सो मार्फत उनले भारतीय महिलाले नेपाली पुरुषसँग विवाह गरी ७ वर्षपछि नागरिकता पाइने व्यवस्थापन लागू हुँदा तराई मधेसमा भइरहेको विरोध प्रदर्शनबारे अभिनय गरेका थिए। सो अभिनयले मधेसी महिलाको अस्मितामा चोट पुर्‍याएको भन्दै उनको विरोध गरिएको थियो।

उनीविरुद्ध वीरगंजका युवा ओमप्रकाश सरार्फले उजुरी समेत दिएका थिए। ‘ह्वाट द फ्लप’ कार्यक्रममा मधेसीको मान तथा स्वभिमानमा आँच पुर्‍याउने गरि कार्यक्रम उत्पादन गरेको हुँदा त्यसको विरुद्ध उजुरी दिएको सरार्फले बताएका छन्।