१ आश्विन २०८१, मंगलवार

पलेशासहित नेपाली पारा तेक्वान्दो टोली स्वदेश फिर्ता, नगरपरिक्रमा गराइँदै

palesa and negi 1725420066 e1725421434618

पेरिस पारालिम्पिक अन्तर्गत पारा तेक्वान्दोमा कास्य पदक विजेता पलेशा गोवर्धनसहित नेपाली पारा तेक्वान्दो टोली स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

तेक्वान्दो टोलीलाई स्वागत गर्न राष्ट्रिय खेलकुद परिषदको टोली बाजागाजासहित त्रिभुवन विमानस्थलमा पुगेको थियो । अहिले पलेशासहित नेपाली टीमलाई नगर परिक्रमा गरिँदैछ । नगरपरिक्रमाका लागि विमानस्थलबाट र्‍याली सुरु भएको छ भने साढे ९ बजे राखेप प्राङ्गण त्रिपुरेश्वरमा स्वागत गर्ने कार्यक्रम छ ।

र्‍याली एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुग्ने छ । उनलाई भोलि नै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलले भेटेर बधाई दिने कार्यक्रम छ। पलेशाले प्राप्त गर्ने पुरस्कार एक साता भित्र प्रदान गर्ने बताइएको छ ।

पलेशाले नेपाली खेलकुदको इतिहासमा नै पहिलो पारालिम्पिक्स मेडल जितेकी हुन। उनले तेक्वान्दोको के ४४ अन्तर्गत ५७ केजीमुति तौल समूहमा पदक जितेकी हुन्।

Palesha 1.jpg
padak wijet

    सम्बन्धित समाचार...