१५ चैत्र २०८०, बिहीबार

सरिता गिरीको सांसद पद गयो

sarita giri samajwadi

नवगठित जनता समाज पार्टीकी सांसद सरिता गिरीको प्रतिनिधिसभा सदस्य पद रिक्त भएको संघीय संसद सचिवालयले जनाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै संघीय संसद सचिवालयले सो कुराको जानकारी दिएको हो ।

केही दिनअघि सांसद गिरीले पार्टीको ह्वीप उल्लंघन गरेको भनी सो पार्टीको केन्द्रीय समिति बैठकले उनलाई पार्टीबाट निश्काशन गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा पत्र प्राप्त हुन आएकोले उनको पद रिक्त भएको संसद सचिवाललये विज्ञप्तिमा जनाएको छ ।

समानुपातिकतर्फबाट प्रतिनिधित्व गर्ने गिरीले पार्टीको ह्वीप उल्लङ्घन गरेको भनी केन्द्रीय समितिको बैठकले निष्काशन गर्ने निर्णय भएको पत्र प्राप्त हुन आएकोले उनको पद रिक्त भएको सचिवालयले जनाएको हो ।

जनता समाजवादी पार्टीले सांसद गिरीलाई पार्टीबाट निश्काशन गरिएको सूचनासहितको पत्र संसद सचिवालयलाई पठाएको थियो । राजनीतिक दलसम्बन्धी ऐन बमोजिम आवश्यक प्रक्रिया पुरा गरेको देखिएकोले संविधान बमोजिम गिरीको पद रिक्त भएको संसद सचिवालयका महासचिव डा.भरत गौतमद्वारा जारी सूचनामा जनाइएको छ । गिरीले उक्त पार्टीको सिफारिसमा समानुपातिकतर्फबाट संसदमा प्रतिनिधित्व गरिरहेकी थिइन् ।  

गिरीको पद रिक्त भएसँगै उनको ठाउँमा अब लिला सिटौला सांसद बन्नेछिन् ।

107646916 960466391093430 9080208646285148210 n 1 3kjGpOWoOs