Close Me
३ माघ २०८१, बिहीबार

पाँचथरमा भएको बम विष्फोटबाट घाइते भएका तीन मध्य दुई जनाको निधन

pan

पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङवुङमा भएको बम विष्फोटमा घाइते भएका तीन मध्य दुई जनाको निधन भएको छ । विस्फोटमा परी गम्भीर घाइते स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन साँवाको पनि निधन भएको हो ।

घाइते भएलगत्तै पाँचथर अस्पताल पुर्‍याइए पनि थप उपचारका लागि उनीहरूलाई झापा पठाइएको थियो । उपचारका लागि लैजाने क्रममा प्रिन्साको राति १० बजे बाटोमै र दिप्सनको राती १ वजे बी एन्ड सी अस्पताल झापा पुर्‍याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

खेलिरहेको ठाउँमा भेटिएको बम बिस्फोट हुँदा डाँडागाउँका दिलिप सावाँका ११ वर्षिय छोरा दिप्सन, अढाइ वर्षकी छोरी प्रिन्सा र स्थानीय ९ वर्षिय पवन राई घाइते भएका थिए ।

स्थानीयका अनुसार अपरान्ह ठुलो आवाजमा विष्फोट भएको थियो । घाइते पवन राईले खेलिरहेको अवस्थामा डल्लो आकारमा भेटिएका सामग्री पड्किएको बताएका छन् । घाइते बालक पवनको भने पाँचथर अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य रहेको छ ।

घटनास्थलमा अर्को एउटा शंकास्पद वस्तु पनि भेटिएकाले बम हो होइन यकिन गरी डिस्पोज गर्न नेपाली सेनाको डिस्पोजल टोली त्यसतर्फ गएको बताइएको छ ।

विस्फोट भएको घरका धनी आइतराज केरुङ माओवादी कार्यकर्ता हुन् ।

    सम्बन्धित समाचार...