२१ बैशाख २०८२, आईतवार

इटालियन सिरी ए मा युभेन्टसको लागातर दोस्रो जित

Juventus

युभेन्टसले नयाँ सिजनको इटालियन सिरी ए मा लगातार दोस्रो जित हात पारेको छ ।

गए राति सम्पन्न खेलमा भेरोनालाई उसकै घरेलु मैदानमा ३-० ले पराजित गर्दै युभेन्टस यस सिजन लगातार दुई खेल जित्ने पहिलो टोली बनेको छ ।

डुसान भ्लाहोभिकले दुई गोल गरेपछि युभेन्टसले सहज जित हासिल गरेको हो ।

भ्लाहोभिकले २८औं मिनेटमा गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए । ३९औं मिनेटमा निकोलो सभोनाले हेडर मार्फत गोल गरेपछि युभेन्टस पहिलो हाफमा २-० को अग्रता बनाउन सफल भयो ।

हाफ टाइम पछि सर्बियाली फरवार्ड भ्लाहोभिकले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल थपे । त्यस पछि दुबै टिमबाट थप गोल हुन नसक्दाँ थिगाओ मोटाको टोली ३-० को नतिजा सहित जारी सिरीआमा लगातार दुई खेल जित्ने पहिलो टोली बन्यो । युभेन्टस २ खेलमा ६ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा १ जित र १ हार बेहोरेको भेरोना ११औं स्थानमा छ ।

    सम्बन्धित समाचार...