
विश्वव्यापी कोरोना भाइरसको संक्रमण फैलिएसँगै फिल्मी क्षेत्रमा पनि यसको असर देखिएको छ ।
सधै चर्चामा रहने बलिउड पनि कोरोनाको मारमा परेको छ । फिल्मका कामहरु नहुँदा अहिले बलिउडमा पुराना कुराहरुले चर्चा पाउन थालेको छ ।
लकडाउनको समयमा पनि बलिउडमा भने पुरानो फोटो र प्रसँगले स्थान बनाएको छ । बलिउडका कलाकारका पुराना फोटो र किस्साले सामाजिक सञ्जालमा निकै स्थान पाएका छन् ।
सलमान खानका अनुसार एक समय उनको घर अगाडी सडकमा उभिएर एक फ्यान सलमानका भाइ सोहेल खानलाई गाली गरिरहेका थिए ।
सोहेल खानलाई गाली गर्नुको कारणबारे बुझ्न ती फ्यान नजिक पुगे । तर ती फ्यानका साथमा आएका अन्य ४/५ जनाले सोहेललाई नै पिट्न थाले । ती फ्यानले सलमानलाई पनि कुटे । त्यस समय आफु गम्भिर घाइते भएको सलमानले सुनाए ।
उनीहरुले सलमानको ढाडमा गहिरो चोट लाग्ने गरी झण्डाले हिर्काए । सलमान भन्छन्, ‘जब ती मानिस मलाई कुटिरहेका थिए म कुनै हिरोको जस्तो रियाक्ट गर्नुको सट्टा ओ दुख्यो भन्दै चिच्याउँदै थिए ।’
सलमान खान लकडाउनको समयमा आफ्नो पनवेल फार्म हाउसमा बसेका थिए । यहि समयमा उनको तीन गीत प्यार करोना, भाइभाइ, तेरे बिना रिलिज भएको थियो । सलमान अब राधे : योर मोस्ट वान्टेड भाइ, कभी ईद कभी दिवाली, गन्स अफ नार्थ लाइन लगायत फिल्म मार्फत देखा पर्दैछन् । एजेन्सी