२० बैशाख २०८२, शनिबार

नाग्दी खोलामा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध, पाल्पा–गुल्मी सडक अझै सुचारु भएन

raj

चितवन इच्छाकामना-४, स्थित नाग्दी खोलामा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।

आज विहान ७:३५ बजेको समयमा माथिबाट ढुंगासहितको पहिरो खसेपछि पृथ्वीराजमार्ग अवरुद्ध बनेको हो । अहिले उक्त ठाउँमा पहिरो हटाउँन सडक विभागसँग समन्वय भएर पहिरो हटाउने काम सुरु गरिएको चितवन प्रहरीले जनाएको छ ।

लगातारको वर्षाको कारण जुनसुकै समयमा पनि पहिरो खस्न सक्ने भएको भन्दै प्रहरीले पृथ्वीराजमार्ग भएर यात्रा गर्दा सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

गत असार २८ गते नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरोले दुई वटा बस त्रिशुली नदीमा खसालेको थियो ।

मंगलबार देखि अवरुद्ध पाल्पा–गुल्मी सडक अझै सुचारु भएन

पाल्पा-गुल्मी सडक अन्तर्गत बर्तुङ-रिडी सडक खण्डको जोर्तेमा मंगलबार अपरान्ह ५ बजेदेखि अवरुद्ध भएको सडक बुधबार बिहानसम्म सुचारु हुन सकेको छैन ।

जोर्ते नजिकै पहिरोसहित दुई ठुला ढुंगा खसेका कारण सडक आवागमन पूर्णरुपमा बन्द भएको प्रहरीले जनाएको छ ।

सडक डिभिजनले मंगलबार बेलुकी डोजर लगाएर सडक खुलाउने प्रयास गरेपनि ठूला ढुंगा भएकाले पन्छाउन नसकिएको जनाएको छ ।

हार्थोक प्रहरी चौकीका अनुसार बुधबार बिहान ब्रेकर सहितको एक्साभेटर लगाएर अवरुद्ध सडक खुलाउने प्रयास गरिएको छ ।

सडक डिभिजन पाल्पाले सडक प्रयोग गर्ने यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गरी यात्रा गर्न आग्रह गरेको छ । विभागीय लोडर प्रयोग गरी उक्त ढुङ्गा पन्छाउन नसकिएकाले ब्रेकर सहितको एक्साभेटर सडक बन्द भएको स्थानतर्फ परिचालन भएको सडक डिभिजनले जनाएको छ । यो सडक भएर पाल्पाका साथै गुल्मी, अर्घाखाँची , बाग्लुङसम्मका यात्रु ओहोरदोहोर गर्छन् ।

image 1

    सम्बन्धित समाचार...