Close Me
१२ चैत्र २०८१, बुधबार

युराेपमा नेपाली राजनीतिककाे चर्चा : अस्थिरतामा ‘विश्व विजेता’

Messenger creation 34b4c104 165f 4ada 944d df69ebd25ce1

फ्रान्सको सबैभन्दा ठूलो पत्रिका ‘ले मोण्डे’ले राजनीतिक अस्थिरताक‍ो खेलमा नेपालले शीर्ष स्थानमा रहेको निष्कर्ष निकालेको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार सपथ ग्रहण गरेसँगै १५ वर्षमा १४ औँ सरकार बनेको भन्दै पत्रिकाले यस्तो बताएको हो ।

‘नेपाल राजनीतिक अस्थिरताको विश्व च्याम्पियन’ भन्ने शीर्षकमा समाचार प्रकाशित गरेपछि विश्वको ध्यान तानेको छ । सन् १९९० मा संसदीय प्रजातन्त्र पुनर्स्थापना भएपछि ओली ३० औँ प्रधानमन्त्री बनेका हुन् ।

यो भनेको हरेक वर्ष नयाँ प्रधानमन्त्री र मन्त्रीहरू फेरिन्छ भन्ने हो भन्दै पत्रिकाले व्यंग्यवाण प्रहार गरेको छ । यस्तै, तीन करोड जनसंख्या भएको गणतान्त्रिक मुलुकका लागि यो महत्त्वपूर्ण उपलब्धि भएको पत्रिकाले उल्लेख गर्दै व्यंग्य प्रहार गरेको छ ।

“वैचारिक रूपमा युरोपेली शैलीका सामाजिक लोकतन्त्रसँग नजिक रहेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) वा नेकपा (एमाले)का नेता ओलीले सन् २०१५ यता चौथो पटक आफ्नो देशको सरकारको नेतृत्व गर्ने छन्,” पत्रिकामा भनिएको छ, “पूर्व माओवादी छापामार “लिडर म्याक्सिमो” पुष्पकमल दाहाल सन् २००९ देखि तेस्रो कार्यकालमा नेतृत्वमा थिए ।”

नेपाली राजनीतिमा नेताहरूबीच गठबन्धन, प्रति-गठबन्धन, पलटाव र विश्वासघातको अचम्मको भएको पत्रिको दाबी छ । पत्रिकाले नयाँ प्रधानमन्त्री ओलीले निवर्तमान दाहाललाई साथ दिएको जनाइएको छ ।