१३ बैशाख २०८१, बिहीबार

शैलेश थापा बने नेपाल प्रहरीको २८औं प्रहरी महानिरीक्षक

sailesh thapa

मंगलवार बसेको मन्त्रिपरिषदको वैठकले २८ औं प्रहरी महानिरीक्षकमा एआईजी शैलेश थापा क्षत्रीलाई नियुक्त गरेको छ ।

महानिरीक्षकको दौडमा एआईजीद्धय थापा र हरिबहादुर पाल भएपनी प्रधानमन्त्री केपी शर्मा ओलीले वरियतामा एक नम्बरमा रहेका थापालाई नै प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेका हुन् ।

नवनियुक्त महानिरीक्षक क्षेत्री २०७६ चैत ९ गते नायब महानिरीक्षक (डीआईजी)बाट एआईजीमा बढुवा भएका थिए । उनको कार्यकाल २२ महिनाको हुनेछ ।

२०४९ वैशाख १९ गतेबाट प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका ५२ वर्षीय नवनियुक्त आईजीपी थापा सरकारले ३० वर्षे सेवाअवधि कायम राखेमा २०७९ वैशाख १९ गतेसम्म सेवामा रहने छन् ।