२० बैशाख २०८२, शनिबार

नेपाललाई सात ओभरमै ५ विकेटको क्षति

448548620 888433659979682 1861092579434371519 n

नेपालले सात ओभरमै पाँचौँ विकेट गुमाएको छ । सन्दीप जोरा पनि बंगलादेशका तान्जिमकै बलमा आउट भएका छन् । तान्जिमले सन्दीपसहित ४ विकेट लिएका हुन् ।

नेपालले छैटौँ ओभरमा चौथो विकेट गुमाएको थियो । बंगलादेशका मुस्तफिजुरले ५ दशमलव ४ ओभरमा आसिफ सेखलाई आउट गराए ।

यसअघि कप्तान रोहित पौडेललाई बंगलादेशका तान्जिमले आउट गराएका थिए । रोहितलाई उनले ४ दशमलव २ ओभरमा आउट गराएका हुन् । त्यसअघि पनि तान्जिमले नै नेपालका अनिल शाहलाई शून्य रनमा आउट गराएका हुन् भने तेस्रो ओभरमा कुशल भुर्तेललाई पनि उनैले आउट गराएका हुन् ।

नेपालले दश ओभरमा पाँच विकेटको क्षतिमा ४१ रन बनाएको छ । आईसीसी टी-ट्वेन्टी विश्वकपअन्तर्गत जारी खेलमा बंगलादेशविरुद्ध शानदार बलिङ गरेको नेपालको ब्याटिङ भने कमजोर दखिएको छ । बंगलादेशलाई जित्न अब नेपाललाई ६० बलमा ६५ रनको खाँचो छ ।