Close Me
२१ मंसिर २०८१, शुक्रबार

विश्वकप खेल्न वेस्ट इन्डिज पुगे सन्दिप लामिछाने, भन्छन्- सपना पूरा गर्न तत्पर छु

sandeep 1

नेपालका स्पिनर सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट आईसीसी पुरुष टी-ट्वेन्टी विश्वकप खेल्ने भएका छन् । विश्वकपअन्तर्गत नेपालले वेस्ट इन्डिजमा खेल्ने खेलहरूमा उनी समावेश हुने भएका छन् ।

नेपाल क्रिकेट संघ- क्यानले आज एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई वेस्ट इन्डिजमा हुने खेलहरूका लागी टिममा सामेल गरिएको जानकारी दिएको हो । नेपाली टोली श्रीलंकासँग खेलेपछि बिहीबार वेष्ट इण्डिजको सेन्ट भिसेन्ट पुग्ने छ ।

जारी आईसीसी पुरुष टी-२० विश्वकप २०२४ का लागि नेपाली खेलाडी सन्दीप लामिछाने वेस्ट इन्डिज प्रस्थान गरेको र राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने क्यानले उल्लेख छ । क्यानले पूर्वघोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गरेको र सन्दीपलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेस गरिएको क्यानले बताएको छ ।

सन्दीप लामिछाने मे १६ देखि नै नेपालको आधिकारिक टोलीमा रहेको क्यानको भनाई छ । तर उनको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेशविरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने क्यानले जानकारी गराएको छ ।

गेठ २ गते उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउँदै सन्दीपलाई जबरजस्ती करणी मुद्दामा सन्दीपलाई सफाइ दिएको थियो । त्यसपछि क्यानले उनी माथिको निलम्बन फुकुवा गर्दै विश्वकप खेल्ने टिममा सामेल गरे पनि उमेरिकाले भिसा दिन मानेको थिएन ।

अमेरिकाले भिसा दिन अस्वीकार गर्दा सन्दीपले गत जुन ४ मा अमेरिकामा भएको नेदरल्यान्ड्सविरूद्धको खेल गुमाएका थिए । साथै जुन ११ मा अमेरिकाकै फ्लोरिडास्थित लाउडरहिलमा श्रीलंकाविरुद्धको खेल गुमाउँदै छन् ।

सपना पूरा गर्न तत्पर छु

जारी आईसीसी टी २० विश्वकपअन्तर्गत दक्षिण अफ्रिका र बंगलादेशविरूद्धको खेल खेल्न नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने वेष्ट इण्डिज पुगेका छन् । उनी वेष्ट इण्डिज पुगेपछि मात्र क्यानले आधारिकारिका विज्ञप्ति जारी गरेको हो । क्यानले सन्दीप कुन बाटो वेष्ट इण्डिज पुगे भन्ने खुलाएको छैन ।

वेष्ट इण्डिज पुगेसँगै सन्दीपले सम्बोधन गरेका छन् । उनले नेपाल सरकार, परराष्ट्र मन्त्रालय, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघ (क्यान)लाई धन्यवाद दिएका छन् ।

उनले भने, ‘वेष्ट इण्डिजमा अन्तिम दुई खेलका लागि राष्ट्रिय टोलीमा आबद्ध छु र मेरो सपना र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर छु ।’ उनले आईसीसीसँग समन्वय गरेको भन्दै क्यानका अध्यक्ष चतुर बहादुर चन्द, सचिव पारस खड्कालगायत व्यक्तिहरूलाई धन्यवाद दिएका छन् ।

image