११ असार २०८१, सोमबार

‘जेरी अन टप’ पहिलोपटक अनमोलसँग देखिँदै आँचल

aanchal anmol aana

फिल्म ‘जेरी: अन टप’मा नायिका आँचल शर्माको प्रवेश भएको छ । यही जेठ अन्तिमबाट छायांकन गर्न लागिएको फिल्ममा यस अघि अनमोल केसीको जोडी नायिका आना शर्मासँग बाँधिने निश्चित भइसकेको छ ।

फिल्म ‘जेरी’को अघिल्लो शृङ्खलामा पनि आना र अनमोललाई जोडीको रूपमा देखेका थिए । यता, फिल्मको शीर्षमध्येको एक भूमिकामा आँचल अनुबन्धित भएकी हुन् । अनमोल र आँचलबीच पहिलो पटक सहकार्य हुने भएको छ ।

यो फिल्मका लागि शुक्रबार निर्माण पक्ष र आँचलबीच लिखित सम्झौता भएको हो । यस फिल्मलाई सुयोग गुरुङको निर्देशन गर्दे छन् । पहिला यो फिल्मलाई हेमराज बिसीले निर्देशन गर्ने तय भएको थियो तर, उनी अमेरिका गएपछि फिल्ममा सुयोग भित्रिएका हुन् ।

‘जेरी अन टप’का निर्माता सरोज न्यौपाने हुन् । फिल्मको निर्माणमा न्यौपाने र दीपक भण्डारीले सहकार्य गर्दै छन् । फिल्मको क्रिएटिभ निर्मातामा ‘फर्की फर्की’ निर्माता रोहित अधिकारी छन् ।

सन् २०१४ मा प्रदर्शनमा आएको सफल फिल्म ‘जेरी’को दोस्रो सिरिजको रूपमा निर्माण हुन लागेको यस फिल्मलाई नेपाल र अष्ट्रेलियामा छायांकन गरिने बताइएको छ । फिल्मलाई आउँदो तिहारमा प्रदर्शन गरिने बताइएको छ ।

फिल्म ‘फर्की फर्की’ को सफलतापछि अनमोल फिल्म ‘जेरी अन टप’ को तयारीमा जुटेका छन् । आँचल आगामी दिनमा पीताम्बर’, ‘रानी महल’, ‘दुःखी आत्मा’ जस्ता फिल्म आउँदै छन् । आना यति बेला फिल्म एक्टरको छायांकनमा व्यस्त छिन् ।