Close Me
१३ चैत्र २०८१, बिहीबार

आरोप-प्रत्यारोप चर्किएका ओली र बालेन !

oli balen

काठमाडौंको न्युरोड क्षेत्रको सडकपेटी विस्तार गर्ने र गर्न नहुने विषयले राजनीतिक विवाद र क्षेत्राधिकारको बहस निम्त्याएको छ । काठमाडौं महानगरपालिकाले पेटी विस्तार गर्न भत्काएको सडक पुरेर सडक डिभिजन कार्यालयले कालोपत्रे गरेपछि महानगर प्रमुख बालेन्द्र शाह र एमाले अध्यक्ष केपी ओलीबीच पनि आरोप-प्रत्यारोप चर्किएको छ।

काठमाडौं महानगरपालिकाले न्युरोडको फुटपाथ क्षेत्र बढाउन भन्दै खनेको पिच डिभिजन सडक कार्यालयले कालोपत्रे गरेको हो । यसले महानगर नेतृत्व र स्थानीयबीच विवाद त उब्जेको छ नै, महानगर प्रमुख शाहले आफूलाई काम गर्न एमाले अध्यक्ष ओलीले रोकेको संकेत गर्दै आक्रोश पोखेका छन्।

प्रमुख शाहले साहले सामाजिक सञ्जाल फेसबुकमार्फत् दश हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउन चेतावनी दिए ।

नामै किटेर गिरीबन्धु जग्गा प्रकरणमा समयमै पीडितको बैना फिर्ता गर्न चेतावनी दिँदै प्रमुख शाहले कोही नयाँ आएर फाइल पल्टाउन सक्नेसमेत चेतावनी दिएपछि एमाले अध्यक्ष ओलीले पनि आक्रोश पोखे ।

गिरीबन्धु जग्गा प्रकरणमा काठमाडौं महानगरप्रमुख शाहको अभिव्यक्तिबारे प्रश्न गर्दा आक्रोशित देखिएका ओलीले त्यसबारे बालेनलाई नै सोध्न भनेका छन् ।

न्युरोडको सडक खन्ने र पुर्ने घटनाले स्थानीय तह र संघीय सरकारबीच क्षेत्राधिकारको विषय भने सतहमै आएको छ । महानगर धेरै जनता हिँड्ने क्षेत्र र विश्वसम्पदा सूची परिसर भएकोले फुटपाथ बढाउने पक्षमा छ भने सडक विभागले आफ्नो क्षेत्राधिकारको सडकमा महानगरले आफूखुसी गर्न नपाउने बताउँदै आएको छ ।

सडक विभागले समयमै काम नगर्दा प्रदूषित भएको भन्दै महानगरले गत साता सडक डिभिजन कार्यालयअगाडि एक गाडी धुलो लगेर खन्याइदिएको थियो । त्यसविरुद्ध एमालेबाट भौतिक पूर्वाधारमन्त्री बनेका रघुवीर महासेठले विरोध जनाएका थिए । महानगरको बैठकमा पनि प्रमुख शाह र वडाध्यक्षबीच भनाभन भएको थियो ।