१४ बैशाख २०८१, शुक्रबार

आज दिनभर जसो कुलेश्वर, कालिमाटी, टेकु लगायतका क्षेत्रमा विद्युत आपुर्ती अबरुद्ध हुने

electricity

आज सोमबार विहान १० बजेबाट साँझ ५ बजेसम्म काठमाडौँका टेकु-थानकोट तथा टेकु-तहाचल फिडरबाट वितरित विद्युत आपुर्ती बन्द हुने विद्युत प्राधिकरणले जनाएको छ ।

दुवै फिडर सट डाउन हुने हुँदा उक्त फिडर अन्तर्गत कुलेश्वर, रवी भवन, लिंक मार्ग, कालिमाटी, तहाचल, टंकेश्वर, चमती, विजेश्वरी, डल्लू लगायतका क्षेत्रहरुमा विद्युत अबरुद्ध हुने छ ।

प्राधिकरणका अनुसार सोमबार कुलेश्वर वितरण केन्द्र अन्तर्गतकाे टेकु – थानकाेट तथा टेकु – तहाचल फिडरकाे टेकु सबस्टेशन देखी विष्णुमती खाेला सम्मकाे एच टी लाइनकाे कन्डक्टर इन्सुलेटेड कन्डक्टरले वदली गरिन लागेको हो ।

मर्मत कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुने जनाएको छ ।