नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राहरुको मूल्य घटेको छ।
राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६२ पैसा निर्धारण भएको छ। हिजो हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६६ पैसा थियो।
त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ २४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८९ पैसा थियो।
आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ १७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९३ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १६९ रुपैयाँ २८ पैसा र बिक्रीदर १७० रुपैयाँ ०५ पैसा थियो।
त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४८ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ २३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६३ पैसा थियो।
आजको लागि कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ६० पैसा थियो।
त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ४१ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ५४ पैसा थियो।