Close Me
२९ मंसिर २०८१, शनिबार

अन्तर्राष्ट्रिय फौजदारी अदालतमा नेतान्याहू र हमासका शीर्ष नेताविरुद्ध मुद्दा दायर

ICC criminal

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)मा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, रक्षामन्त्री योभ गालान्ट र हमासका तीन शीर्ष नेताहरूको नाममा पक्राउ पुर्जी जारी गर्न माग गर्दै मुद्दा दायर भएको छ । मुख्य अभियोजक करिम खानले गाजामा नरसंहार र युद्ध अपराध गरेको आरोपमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गर्न माग गर्दै मुद्दा दायर गरेका हुन् ।

अक्टोबर ७ यता आफ्नो कार्यालयले जुटाएका प्रमाणहरूको समीक्षाका आधारमा गाजामा युद्ध अपराध भएको र त्यसका लागि इजरायल र हमासको नेतृत्व लागि जिम्मेवार रहेको अभियोजक खानको दाबी छ । अभियोजनमा इजरायलका प्रधानमन्त्री र रक्षामन्त्री तथा हमासका तीन शीर्ष नेता येह्या सिनवार, मोहम्मद देइफ र इस्माइल हनियाहविरुद्ध पक्राउ पुर्जी जारी गर्न माग गरिएको छ ।

अब फौजदारी अदालतमा हुने बहसमा प्रमाण पुगेमा न्यायाधीशहरुले उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गर्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इजरायलका प्रधानमन्त्री नेतन्याहूले भने आफूलाई हमाससँग जोडेर अभियोजकले तुलना गरेको भन्दै निन्दा गरेका छन् भने हमासका नेताहरुले पनि आफूहरू प्यालेस्टिनी जनताका निम्ति इजरायलसँग लडिरहेको भन्दै अभियोजकको मागलाई अस्वीकार गरेका छन् ।

त्यस्तै अमेरिकी सिनेटका सदस्यहरूले अभियोजकको मागमा असहमति जनाएका छन् । पक्राउ पुर्जी जारी भए पनि फौजदारी अदालतले सम्बन्धित व्यक्तिलाई जबरजस्ती गर्दैन । आईसीसीमा आफैले आत्मसमर्पण गर्नुपर्ने हुन्छ । आईसीसीले यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

    सम्बन्धित समाचार...