९ जेष्ठ २०८१, बुधबार

गायक रवि ओडले गरे प्रहरी समक्ष आत्मसमर्पण

rabi

नेपालको लोकप्रिय गायन रियालिटी सो नेपाल आइडल सिजन २ का विजेतासमेत रहेका गायक रवि ओडले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

गायक ओडकै श्रीमतीले वैवाहिक बलात्कारको उजुरी दर्ता गरेपछि बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका हुन्।

इलाका प्रहरी कार्यालय झलारीमार्फत गायक ओड पत्नीले गत चैत २० गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दर्ता गरेकी थिइन् । उनले उजुरीमा वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाएकी छिन्।

उजुरी पर्दा गायक ओड त्यतिबेला नेपालमा थिएनन्। उजुरी परेको समयमा उनी सांगीतिक कार्यक्रमको लागि जापानमा थिए । त्यसबेला प्रहरीले अदालतबाट पक्राउ पुर्जी समेत लिएको थियो । नेपाल आएपछि उनी आफैले प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थायी घर भएका ओड प्रहरीको नियन्त्रणमा रहेसँगै प्रहरीले जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान समेत सुरु गरेको छ ।

    सम्बन्धित समाचार...