२४ बैशाख २०८१, सोमबार

पूर्व जनमुक्ति सेनाका कमाण्डरलाई पक्राउ गरेपछि बाबुराम भट्टराईको आपत्ति

jitman pun

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर जीतमान पुन ‘मार्शल’ पक्राउ परेकोमा आपत्ति जनाएका छन् । पक्राउ परेका पुन बाबुरामको पार्टीका केन्द्रीय सदस्यपनि हुन् ।

उनलाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरिएको भन्दै बाबुरामले आपत्ति जनाएका हुन् । उनले पुन पक्राउ परेको घट्नाको घोर भत्र्सना गर्दै यसबारे तुरुन्त आवश्यक कदम चाल्न भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरेका छन् । बाबुरामले प्रचण्डलाई जनयुद्धका सुप्रिम कमाण्डर भनेर सम्बोधन गरेका छन् ।

बाबुरामले फेशबुकमा लेखेका छन्-

पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य जीतमान पुन ‘मार्शल’ (पूर्वी रूकुम) लाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरिएकोमा नेसपाको घोर आपत्ति छ। हामी यो घटनाको तीब्र भर्त्सना गर्दछौं र यसबारे तुरून्त आवश्यक कदम चाल्न जनयुद्धका सुप्रिम कमाण्डार तथा वर्तमान प्रधानमन्त्रीसंग जोडदार माग गर्दछौं।

    सम्बन्धित समाचार...