२४ बैशाख २०८१, सोमबार

एनसेलको सेयर खरिद-बिक्री अस्वभाविक छ: प्रधानमन्त्री दाहाल

pm prachanda at rajya byabastha samiti

प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेलको सेयर खरिद-बिक्री अस्वभाविक रहेको जनाएका छन् ।

सिंहदरबारमा मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले एनसेलको वैदेशिक लगानी सेयर खरिद-बिक्री, कर राजस्व, विदेशी मुद्रा सटही समेतको विषयमा प्रमाण तथा कागजात संकलन भइरहेको दाबी गरे । उनले अध्ययन तथा छानबिन समितिको एकिन राय सुझावसहितको प्राप्त भएपछि उक्त राय सुझाव सहितका आधारमा नेपाल सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुको नियमन, विदेशी लगानीको वातावरण निर्माणमा थप सहजीकरण, विदेशी मुद्रा सटही सुविधा र कर प्रशासनमा सुधारका लागि आवश्यक कदम चाल्ने प्रतिवद्धता जनाए । एनसेल प्रकरणमा कतै, कसैबाट कानुनविपरीत काम/कारबाही भए/गरेको पाइए कानुनबमोजिम हदैसम्मको कारबाही गर्न सरकार प्रतिबद्ध रहेको पनि प्रधानमन्त्री दाहालको भनाइ छ ।

‘एनसेलको वैदेशिक लगानी सेयर खरिद-बिक्री, कर राजस्व, विदेशी मुद्रा सटही समेतको विषयमा प्रमाण तथा कागजात संकलन समेतको कार्य गरिरहेका छौं । अध्ययन तथा छानबिन समितिको एकिन राय सुझावसहितको प्राप्त भएपछि उक्त राय सुझाव सहितका आधारमा नेपाल सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुको नियमन, विदेशी लगानीको वातावरण निर्माणमा थप सहजीकरण, विदेशी मुद्रा सटही सुविधा र कर प्रशासनमा सुधारका लागि आवश्यक कदम चाल्नेछ,’ समिति बैठकमा प्रधानमन्त्री दाहालले भने ।

प्रधानमन्त्री दाहालले एनसेल सेयर खरिद-बिक्री सहज नलागेकै कारण सरकारले अध्ययन समिति बनाएको स्पष्ट पारे । ‘यस प्रकरणमा कतै, कसैबाट कानुनविपरीत काम-कारबाही भए गरेको पाइएको, सरकारलाई सहज नलागेकै हुनाले मैले सुरुमै निर्देशन जारी गरेको हो, सहज र स्वभाविक छैन भन्ने देखिएको हुनाले नै निर्देशन जारी गर्नुपरेको हो,’ उनले भने, ‘यसमा कहीँ न कहीँ गलत छ भन्ने लागेकैले छानबिन समिति बनाइएको हो । यसमा कहीँ कतैबाट कानुनविपरीत काम-कारबाही भए/गरेको पाइए हदैसम्मको कारबाही गर्न सरकार प्रतिबद्ध छ ।’

    सम्बन्धित समाचार...