२५ बैशाख २०८१, मंगलवार

राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने मन्त्रिपरिषद्को निर्णय

cabinet
फाइल फोटो

राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते हुने भएको छ ।

बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शअनुसार निर्वाचनको मिति तोकेको हो ।

सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आयोगको परामर्शअनुसार माघ ११ गते राष्ट्रिय सभाका रिक्त हुने सदस्यको निर्वाचन गर्ने निर्णय भएको जानकारी दिइन् । ‘राष्ट्रिय सभाको जुन रिक्त सदस्य पद हुँदैछ । त्यसको पदपूर्तिका लागि २०८० साल माघ ११ गते निर्वाचन गर्ने भन्ने निर्णय भएको छ,’ उनले भनिन्, ‘निर्वाचन आयोगको परामर्श बमोजिम ।’

राष्ट्रिय सभाका एक तिहाइ सदस्य (२०) जनाको पदावधि अगामी फागुन २० गते सकिँदैछ । निर्वाचित १९ र सरकारबाट मनोनीत एक गरी २० राष्ट्रिय सभा सदस्यको पद रिक्त हुँदैछ । पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।

सोही कानुनी व्यवस्थाअनुसार आयोगले सरकारलाई निर्वाचन मिति तोक्न परामर्श दिएको थियो ।

    सम्बन्धित समाचार...