१५ बैशाख २०८१, शनिबार

टी-२० सिरिज: भारतमाथि अस्ट्रेलिया ५ विकेटले विजयी

Aus .jpg

भारतमा जारी विश्व विजेता अष्ट्रेलिया र उपविजेता भारतबीचको तेस्रो टी–२० श्रृंखलामा अस्ट्रेलियाले सनसनीपूर्ण जित हात पारेको छ ।

भारतले दिएको २२३ रनको विशाल लक्ष्य पच्छ्याएको अस्ट्रेलियाले अन्तिम बलसम्म खेलेर २२५ रन बनाउँदै ५ विकेटको रामाञ्चक जित हात पारेको छ ।

भारतले दिएको २२३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको अष्ट्रेलियाको सनसनीपूर्ण प्रदर्शनमा ग्लेन म्याक्सवेल नायक बने । ग्लेन म्याक्सवेलले अन्तिम बलमा चौका प्रहार गर्दै अस्ट्रेलियाको टोलीलाई जित दिलाए । खेलमा म्याक्सवेलको बलिङ निकै फ्लप रह्यो तर उनको ब्याटिङ सुपरहिट भयो । उनले विष्फोटक शतक प्रहार गर्दै टोलीलाई जितमात्रै दिलाएनन् कि गत हप्ताको विश्वविजेता अष्ट्रेलियाको भारतीय भूमिमा इज्जत जोगाए ।

खेलमा नायक सावित भएर ‘म्यान अफ द म्याच’ बनेका म्याक्सवेलले मात्र ४८ बलमा १०४ रनको शानदार शतकीय पारी खेले । त्यसक्रममा उनले ८ चौका र ८ छक्का हिर्काए ।

ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा म्याक्सवेलको यो चौथो शतक हो । उनलाई कप्तान म्याथ्यु वेडले राम्रो सपोर्ट गर्दै १६ बलमा २८ रनको योगदान दिए । म्याक्सवेलसँगै अविजित रहेका म्याथ्यु वेडले १६ बलमा तीन चौका र एक छक्कासहित २८ रन थपे । १३४–५ को अवस्थाबाट यी दुईले अविजित ९१ रनको साझेदारी गर्दै अस्ट्रेलियालाई २२५ को स्कोरसम्म पुर्‍याएका थिए ।

यी दुईबाहेक, ट्राभिस हेडले ३५, मार्कुस स्टोइनिसले १७,आरोन हार्डाइले १६ र जस इंग्लिसले १० रन जोडे ।

अस्ट्रेलियाले अन्तिम दुई ओभरमा ४५ रन बनाएर भारतबाट खेल खोस्यो ।ग्लेन ती नै खेलाडी हुन् जसले गत हप्ता भारतमै सम्पन्न आईसीसी एकदिवसीय विश्वकपको सेमिफाइनल प्रवेशका लागि भएको खेलमा अफगानस्तानविरुद्ध दोहोरो शतक बनाएका थिए ।

बलिङतर्फ भारतका रवि बिस्नोइले दुई विकेट लिए । अर्शदीप सिंह, आवेश खान र अक्सर पटेलले समान एक विकेट लिएपनि टिमको हार टार्न सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २२२ रन बनाएको थियो । १९ ओभरसम्म १९२ रन बनाएको भारतले २० औं ओभरमा मात्रै ३० रन बनाएको थियो । २० औं ओभर उनै ग्लेन म्याक्सवेलले बलिङ गरेका थिए । जसले पुनः सनसनीपूर्ण प्रदर्शन गर्दै खेल जितेका थिए ।

म्याक्सवेलले यो एउटा ओभर मात्र बलिङ गरेका थिए जसमा उनले यति धेरै खर्चिलो बलिङ गरे । पहिलो इनिङ सकिँदा खेल भारतले जित्न सक्ने देखिएको थियो । र, अस्ट्रेलियाले हारेमा हारको कारण म्याक्वेलको बलिङलाई नै ठानिने स्थिति थियो ।

भारतीय तिब्र गतिका बलर प्रसिद्ध कृष्णले आफ्नो कोटामा चार ओभरमा सर्वाधिक ६८ रन दिए । भारतका लागि सबैभन्दा सफल बलर रवि बिश्नोई रहे जसले चार ओभरमा ३२ रन दिएर तीन विकेट लिए ।

यसअघि भारतका लागि ऋतुराज गायकवाडको अविजित १२३ रन, कप्तान सूर्यकुमार यादवले ३९ र तिलक वर्माले अविजित ३१ रन बनाए ।

यो जितसँगै अष्ट्रेलियाले पाँच टी–२० को सिरिज २-१ मा पुर्याएको छ । सिरिजको चौथो खेल शुक्रबार छत्तीसगढको राजधानी रायपुरमा हुनेछ । फाइनल खेल आइतबार बैंगलोरमा हुनेछ ।

    सम्बन्धित समाचार...