१५ बैशाख २०८१, शनिबार

च्याम्पियन्स लिग: न्यूक्यासलसँग हारबाट जोगियो पिएसजी

PSG 1

पिएसजी च्याम्पियन्स लिग अन्तर्गतको खेलमा हारबाट जोगिएको छ । मंगलबार राति सम्पन्न समूह एफअन्तर्गतको खेलमा पिएसजी किलियन एम्बाप्पेको गोलबाट न्यूक्यासलसँग हारबाट जोगिएको हो ।

एम्बाप्पेले खेलको ९० मिनेटपछिको इन्जुरी समयमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै न्यूक्यासलसँग १-१ को बराबरी गरेका थिए । यसअघि न्यूक्यासलका लागि अलेजान्दर इसकले खेलको २४ औँ मिनेटमा गोल गर्दै न्यूक्यासललाई शुरुवाती अग्रता दिलाएका थिए ।

यसै समुहको अर्को खेलमा डोर्टमण्डले एसी मिलानलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो ।

यस च्याम्पियन्स लिगको ग्रुप अफ डेथ मानिएको समुह एफबाट डोर्टमण्डले राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ भने दोस्रो टिमको टुंगो अन्तिम खेलबाट लाग्ने भएको छ । हाल पिएसजी ५ खेलमा ७ अंकसहित दोस्रो स्थानमा रहेको छ भने न्यूक्यासल र एसी मिलानको ५-५ खेलमा ५-५ अंक रहेको छ र क्रमश तेस्रो र चौथो स्थानमा रहेका छन् ।

अब अन्तिम खेलमा पिएसजीले डोर्टमण्डको सामना गर्ने छ भने न्यूक्यासलले मिलानको सामना गर्ने छ ।

    सम्बन्धित समाचार...