१६ बैशाख २०८१, आईतवार

पोखरामा पौष १२ देखि १६ गतेसम्म ‘सडक महोत्सव’ हुँदै

405772953 10224379390212754 5449051389600147894 n

यो बर्ष पनि पोखरामा ‘स्ट्रिट फेस्टिबल’ आयोजना हुने भएको छ । २४ बर्ष अगाडि सुरु भएको यो महोत्सवको २५ औं श्रृङ्खला पौषको १२ गतेदेखि १६ गतेसम्म आयोजना हुनेछ ।

‘सडक मै खाऊँ सडकमै रमाऊँ’ भन्ने उद्देश्यका साथ यो महोत्सवको आयोजना गर्न लागिएको हो । यसपटक गतबर्षको भन्दा फरकपनाको साथमा महोत्सव आयोजना हुने रेष्टुरेण्ट एण्ड बार एसोसियसन(रेवान)को दाबी छ ।

यसपटक सडक महोत्सवले रजत जयन्ती समेत मनाउँदैछ । पोखरामा आयोजित पत्रकार सम्मेलनमा रेवान पोखराका अध्यक्ष एवं महोत्सवका संयोजक विश्वराज पौडेलले भने–‘सडक महोत्सवले पोखरामा आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्न सफल भएको छ ।’

पोखरामा यही महोत्सवलाई लक्षित गर्दै होटलका ४० हजार कोठा बुक हुने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा पौडेलले भने–‘यो मेला महोत्सव मात्र होइन, यसले हाम्रो कला तथा संस्कृतिलाई जगेर्ना समेत गर्ने काम गर्छ ।’

आयोजकले ५ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने विश्वास लिएको छ । यसपटक पनि सांकृतिक कार्यक्रम, मौलिक संस्कृतिको प्रदर्शनी, राष्ट्रिय तथा अन्तराष्ट्रिय खाना, कन्सर्ट तथा वृत्तचित्र प्रदर्शनी, खेलकुदको कार्यक्रम गरिने आयोजकले बताएको छ ।

पर्यटकलाई सुपथ मूल्यमा बसोवासका लागि होटल एसोसिएसनसँग समन्वय गरेर २० प्रतिशत छुट दिने तयारी समेत गरिएको रेवानले जनाएको छ । ५ दिनसम्म चल्ने यो महोत्सव पोखराको लेक साइडको फिस्टेल गेटदेखि गैराको चौतारासम्म हुँदै जरेबसम्म हुनेछ ।

यो महोत्सवमा सांकृतिक कार्यक्रम समेत भव्य रुपमा आयोजना हुँदै आएको छ । कार्यक्रममा नेपालका चर्चित गायक–गायिका तथा कलाकारहरूले आफ्नो प्रस्तुति दिँदै आएका छन् । पार्कमा आयोजना हुने साङ्गीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमको संयोजन ‘स्वर्णिम इन्टरटेन्मेन्ट र एड साथी’ले गरेको छ ।

406023069 10224379390252755 6611287409372107904 n

    सम्बन्धित समाचार...