१७ बैशाख २०८१, सोमबार

किन माफी मागे इजरायलका प्रधानमन्त्री नेतन्याहुले ?

Benjamin Netanyahu scaled

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सेनामाथि गरिएको ट्विट (एक्स) का लागि माफी मागेका छन् । तर उनले अहिलेसम्म हमासमाथि गरिएको आक्रमणप्रति भने आफूले गल्ती स्विकारेका छैनन् ।

उनले देशको सेना र सुरक्षा प्रमुखमाथि गरिएको आफ्नो टिप्पणीका लागि माफी मागेका हुन् ।

उनले गएको शनिबार राति गत ७ अक्टोबरमा देशमाथि हमासले गरेको आक्रमणलाई लिएर सोसल मिडिया प्लेटफर्म एक्स (पहिले ट्विटर) मा एउटा अभिव्यक्ति पोस्ट गरेका थिए । जसकारण यो विवाद उत्पन्न भएको थियो । उनले गरेको यो ट्विटपछि इजरायलका अन्य नेताहरुले प्रधानमन्त्री नेतन्याहुको कडा आलोचना गरेका थिए ।

नेतन्याहुले ट्विटमा आफ्ना गुप्तचर एजेन्सी र उनका प्रमुखले हमास आक्रमणको पूर्वजानकारी लिन असफल रहेको आरोप लगाएका थिए ।

इजरायली प्रधानमन्त्री नेतन्याहुले लेखेका थिए- ‘हमासको युद्धको लक्ष्यलाई लिएर प्रधानमन्त्री नेतन्याहुलाई कुनै पनि समय र कुनै पनि स्तरमा पूर्वजानकारी दिइएको थिएन ।’

    सम्बन्धित समाचार...