२० बैशाख २०८१, बिहीबार

टोटेनहमको जारी इंग्लिस प्रिमियर लिगमा उच्च प्रदर्शन कायमै

tottenham

टोटेनहमले जारी सिजन इंग्लिस प्रिमियर लिगमा आफ्नो उच्च प्रदर्शनलाइ कायमै राखेको छ । गएराति भएको खेलमा टोटेनहमले क्रिस्टल प्यालेसलाई उसकै मैदानमा २-१ गोलले पराजित गरेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ब्रेकपछि पाहुना टोली टोटेनहमले खेलमा आफ्नो नियन्त्रण कायम राख्यो । ५३औं मिनेटमा उसले आत्मघाति गोलमार्फत अग्रता लियो । प्यालेसका डिफेन्डर जोल वार्डले टोटेनहमका जेम्स मेडिसनको क्रसलाई क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

६६औं मिनेटमा सन हिउङ मिनले टिमका लागि दोस्रो गोल थपे । उनको सिजनको यो आठौं गोल हो । दोस्रो गोलमा पनि मेडिसनको भूमिका महत्त्वपूर्ण रह्यो । इन्जुरी समयमा प्यालेसका जोर्डन आयुले आकर्षक गोल गरेका थिए । तर टोटेनहमलाई तीन अंक जोड्नबाट रोक्न भने सकेनन् ।

जारी प्रिमियर लिगमा टोटेनहम सुरुवात १० खेलमा अपराजित छ । यो जितपछि उसले तालिकामा पाँच अंकको अग्रता बनाएको छ । शीर्ष स्थानमा रहेको टोटेनहमको २६ अंक छ । एक खेल कम खेल्दै दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २१ अंक छ ।

    सम्बन्धित समाचार...