६ जेष्ठ २०८१, आईतवार

इलाम २ बाट उप–निर्वाचन लड्दै ऋषि धमला पत्नी एलिजा

276229694 2136330616523980 1594751561970077078 n

नायिका तथा मोडल एलिजा गौतमलाई हिजोआज रंगीन दुनियाँले खासै छोएको छैन । फिल्म, म्युजिक भिडियोले उनको दिमागलाई हल्लाउन छाडेको छ । उसो भए, एलिजाको दिमाग कतातिर मोडियो त ?

तपाइलाइ थाहा नै छ, एलिजालाई राजनीतिमा लागेर केही गर्ने हुटहुटी चलेको छ । ओहो, एलिजालाई यत्रो हुटहुटी राजनीतिको किन होला भन्ने तपाइलाई पनि लागेको होला । एलिजा नागरिक उन्मुक्ती पार्टीमा लागेर केही समय चर्चामा पनि रहिन। कहिले नागरिक उन्मुक्ती पार्टीको प्रतिनिधित्व गर्दै उनी सरकारमा रहेका दलहरुको बैठकमा सहभागी भइन् । पार्टीका संरक्षक रेशम चौधरी जेलमा रहँदा, उनी नछुटेको अवस्थामा देशभर आगो लाग्ने भन्दै उनले अभिव्यक्ति दिइन् । उनको अभिव्यक्ति मजाक पनि बन्यो । यतिमात्र होइन, रेशम चौधरी छुटेपछि केही समय उनीसँग हिडिन् । एलिजाले चौधरीसँग बसेर मुसाको मासु खाएको भन्दै खुबै चर्चा भयो ।

तर, अन्तिममा नागरिक उन्मुक्ती पार्टीको यात्रा केही महिना भन्दा बढी टिकेन । एलिजाले अब आफू बालेन र हर्क जस्तै हुने भन्दै पार्टी परित्याग गरिन् । स्वतन्त्र रुपमा समाजसेवा गर्ने योजना अघि सारिन् । तर, राजनीति न हो, कहाँ यसै चटक्क माया मारेर बस्न सकिन्छ र भन्या । एलिजालाई पनि कही कतै राजनीतिले छोइसकेको थियो । झन्, उनका पति ऋषि धमलाको त दैनिक राजनीतिक दलका नेता, मन्त्रीसँग नै उठबस । एलिजाले यो नजिकबाट देखेकी थिइन् ।

उसो त नेपालमा, सबैभन्दा फाइदामा जाने पेशा भनेकै राजनीतिलाई मानिन्छ । पैसा कमाउनका लागि नै राजनीतिमा जानेहरु धेरै छन् । अब, एलिजाको सोच के छ, त्यो उनलाई नै थाहा होला ।

एलिजा राजनीतिमा लाग्छिन् या लाग्दिनन् भनेर चर्चा भैरहँदा उनी उप निर्वाचनमा उम्मेदवार नै बन्ने कुराले बजार तताएको छ ।

एलिजाले कुन पार्टीबाट चुनाव लड्ने भनेर खुलाएकी छैनन् । तर, उनको इलाम क्षेत्र नम्बर २ बाट चुनाव लड्ने पक्का भएको छ रे, यो उनले नै भनेको कुरा हो । एलिजाका अनुसार, स्वर्गीय सुभास नेम्वाङको क्षेत्रबाट उनी उप निर्वाचनमा लड्ने पक्का भएको छ । अब, कुन पार्टी या स्वतन्त्र भन्ने पनि तपाइको दिमागमा आयो होला । अहिलेसम्म त यो कुरा पक्का भएको छैन । तर, एलिजा कुनै एक देशको चर्चित पार्टीमा प्रवेश गर्ने पक्का भएको छ । उनी, चाडै नै पार्टी प्रवेश गरेर निर्वाचनमा होमिने तयारीमा छिन् ।

नेकपा एमालेका नेता नेम्वाङको निधन भएपछि इलामको क्षेत्र नम्बर २ खाली छ । प्रतिनिधी सभामा इलामको २ नम्बर क्षेत्र खाली भएपछि एलिजाले चुनाव लड्ने तयारीमा छिन् ।

एलिजा चुनावमा लड्ने तयारीमा लागेपछि फेरि अब उनको एजेन्डा के हो भन्ने पनि आउला ? एलिजाको अब यो चुनाव लड्ने कुरा फन्डा मात्र हो या उनी साच्चिकै चुनावमा लड्ने हुन्, पछि थाहा हुनेछ । तर, फेरि उनी राजनीतिमा आउने तयारीमा छिन् । नागरिक उन्मुक्ती पार्टी छाडेपछि उनले स्वतन्त्र रुपमा समाजसेवा गर्ने बताएकी थिइन् । तर, उनी फेरि समाजसेवा छाडेर राजनीतिमा नै लाग्ने भएकी छिन् ।

एलिजा गौतमलाई अहिले हामीले दिने भनेको शुभकामना नै हो । फिल्म र म्युजिक भिडियोमा असफल बनेको करिअर राजनीतिमा एलिजाको सफल होला त ? अब, अहिले त प्रतिक्षा गर्ने न हो ।

    सम्बन्धित समाचार...