२५ बैशाख २०८१, मंगलवार

मौसमः चार प्रदेशमा पानी पर्ने

weather aajko mausam

आंशिकदेखि सामान्य बदली भई हाल कोशी प्रदेशका एक-दुई स्थानमा वर्षा भइरहेको छ । देशका बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यत: सफा रहेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थान र देशका बाँकी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति कोशी, गण्डकी र बागमती प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा हुनेछ।

भोलि (शुक्रबार) पनि पहाडी भूभागको थोरै स्थान र बाँकी भूभागको एक वा दुई स्थानमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ। राति कोशी र मधेस प्रदेशसहित देशका पहाडी भूभागको थोरै स्थान र बाँकी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्का वर्षाको सम्भावना छ।

शनिबार आंशिकदेखि सामान्य बदली भई कोशी, मधेस र बागमती प्रदेशका केही स्थान, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी भूभागको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

राति कोशी र मधेस प्रदेशसहित पहाडी भूभागका थोरै स्थान र बाँकी भू-भागको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।

    सम्बन्धित समाचार...