५ जेष्ठ २०८१, शनिबार

‘एक भागवत र एक गीता’को तेस्राे गीत‘झिझिया’ सार्वजनिक

jhijhiya

चलचित्र ‘एक भागवत र एक गीता’को तेस्राे गीत सार्वजनिक भएको छ । आज राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘झिझिया’ शीर्षकको गीत सार्वजनिक गरिएको हो।

गीतको भिडियोमा सुहाना थापा र विपीन कार्कीलाई देख्न सकिन्छ। गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

नेहा पृयादर्शनी र प्रभेश मल्लिकको स्वरमा रहेको उक्त गीतमा संगीत प्रभेश मल्लिकले दिएका छन । गीतको पुर्ण छायांकन जानकीमन्दिर परिसरमा भएको छ ।

भदौ २९ बाट रिलिजको तयारीमा रहेको चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् ।

चलचित्रमा विपीन र सुहानाका अलावा धिरज मगर, जेभिस श्रेष्ठ, जेभिन श्रेष्ठ, कविर खड्का, संजोग रसाइली, अनुराग कुँवर, रामकैलाश ठाकुर, मदन ठाकुर, धिरज ठाकुर, मुकेश झा, सुरेन्दर भण्डारी, गंगा झा, केशव क्षेत्रीको अभिनय छ ।

    सम्बन्धित समाचार...