१९ बैशाख २०८१, बुधबार

नेम्वाङ पार्टीको उपाध्यक्ष मात्र नभएर हितैषी मित्र र सुख दुःखको साथी : अध्यक्ष ओली

KP Oli
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुवासचन्द्र नेम्वाङ पार्टीको उपाध्यक्ष मात्र नभएर हितैषी मित्र र सुख दुःखको साथी भएको स्मरण गरेका छन् ।

संविधानसभाका अध्यक्ष एवं एमाले उपाध्यक्ष नेम्वाङको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै एमाले अध्यक्ष ओलीले नेम्वाङको स्मरण गरेका हुन् ।

ओलीले लोकतान्त्रिक संविधान निर्माण गर्न नेम्वाङले पुर्‍याएको योगदान सधैँ सम्झिने उल्लेख गरेका छन् । साथै ओलीले नेम्वाङ मृदुभाषी, विनम्र, शालीन व्यक्तित्व रहेको जनाउँदै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो । लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पु¥याउनु भएको योगदान सधैं सम्झिरहने छौँ,’ ओलीले सामाजिक सञ्जालमा भनेका छन्, ‘मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली ! उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । श्रद्धाञ्जली सुवासजी !’

    सम्बन्धित समाचार...