२६ बैशाख २०८१, बुधबार

अमेरिकालाई चेतावनी दिन उत्तर कोरियाले गर्यो दुई क्षेप्यास्त्र परीक्षण

north korea nuclear missile attack simulation

उत्तर कोरियाले परमाणु सुसज्जित दुईवटा क्रुज क्षेप्यास्त्र परीक्षण गरेको छ । अमेरिकाको परमाणु युद्धको खतरालाई चेतावनी दिन क्षेप्यास्त्र परीक्षण गरिएको उत्तर कोरियाको दाबी छ ।

आइतबार परमाणु सुसज्जित दुईवटा क्रुज क्षेप्यास्त्र प्रक्षेपण गरेको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएले जनाएको छ । यी क्षेप्यास्त्रले पन्ध्र सय किलोमिटरको दूरी पार गर्दै एक सय ५० मिटर उचाइ नापेको थिए ।

यो अभ्यासलाई उसले सामरिक परमाणु हमलाको परीक्षण भनेको छ । अमेरिका र दक्षिण कोरियाले गरेको संयुक्त सैनिक अभ्यासको जवाफमा उत्तर कोरियाले केही समय परीक्षण बढाउँदै लगेको छ ।

यो यस वर्षको अठारौं क्षेप्यास्त्र परीक्षण हो । उसले सन् २०२० मा चारवटा र २०२१ मा आठवटा क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

    सम्बन्धित समाचार...