२ जेष्ठ २०८१, बुधबार

आजको मौसमः चार प्रदेशमा पानी पर्ने

WEATHER rain

देशभर आंशिकदेखि सामान्य बदली भई बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बंगालको खाडीको उत्तर-पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीकोसमेत आंशिक प्रभाव रहेको छ ।

आज दिउँसो आंशिकदेखि सामान्य बदली भई कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन्/ चट्याङ्सहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।

राति कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानलगायत बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हुनेछ।

भोलि (सोमबार) कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन्/ चट्याङ्सहित भारी वर्षाको सम्भावना महाशाखाले जनाएको छ ।

राति कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको साथै बाँकी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा हुनेछ। कोशी, मधेस र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

मंगलबार आंशिकदेखि सामान्य बदली भई बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी भू-भागका थोरै स्थानमा वर्षा हुनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनेछ ।

    सम्बन्धित समाचार...