आंशिकदेखि सामान्य बदली भई हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भई देशका पहाडी भू-भागका केही स्थान र बाँकी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राति देशका पहाडी भू-भागको थोरै स्थान र बाँकी भू-भागको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।
भोलि (बुधबार) पनि देशका पहाडी भू-भागका केही स्थान र बाँकी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ।
राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको थोरै स्थान र बाँकी भू-भागको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बिहीबार देशका पहाडी भूभागमा वर्षा हुनेछ भने बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ । कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको थोरै स्थान र बाँकी भूभागको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।