५ जेष्ठ २०८१, शनिबार

ललिता निवासको जग्गा प्रकरणबारे आज अदालतमा अभियोजन दर्ता गरिँदै

lalita niwas land and bhatbhateni 63

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणबारे सरकारी वकिलको कार्यालय काठमाडौंले आज अदालतमा अभियोजन दर्ता गर्दैछ ।

काठमाडौं जिल्ला अदालतमा अभियोजन दर्ता गरिने कार्यालयका प्रमुख, सहन्यायधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार शुक्रबार नै मुद्दा दर्ताको तयारी गरिएपनि प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययन गर्न नभ्याइएकाले आज अभियोजन दर्ता गरिन लागेको हो ।

ललिता निवासको जग्गा हिनामिना गरी व्यक्तिका नाममा लगेको विषयमा अनुसन्धान गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले २८६ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकीललाई बुझाईसकेको छ ।

ललितानिवास परिसरको एक सय ४३ रोपनी ६ आना जग्गा किर्ते कागजपत्रका आधारमा योजनाबद्ध र सङ्गठित रूपमा पटक पटक गरी व्यक्तिको नाममा सारिएको निष्कर्ष सिआइबीको छ । सोही आधारमा सीआइबीले सङ्गठित अपराध तथा किर्ते मुद्दा चलाउन सिफारिस गरेको छ ।

    सम्बन्धित समाचार...