२ जेष्ठ २०८१, बुधबार

गण्डकीमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरी

WEATHER rain

 हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै हाल बंगलादेशको उत्तरी भू-भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशको थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

सामान्य बदली भई हाल कोशी प्रदेशका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । साथै बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागका एक-दुई स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ। साथै मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना छ।

साथै कोशी, मधेश र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको तथा यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ । साथै कोशी, मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरी चल्नेछ ।

भोलि (सोमबार) पहाडी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हुनेछ।

मंगलबार पनि देशका थोरै स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ ।

    सम्बन्धित समाचार...