७ बैशाख २०८१, शुक्रबार

परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी विदेश मन्त्री पाेम्पियाेबीच टेलिफाेन वार्ता

foreign ministry nepal

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी समकक्षी माइकल पोम्पेओबीच बुधबार दिउँसो टेलिफोनमा कुराकानी भएको छ।

कोरोना महामारीको सन्दर्भमा दुई देशले भोगेका अनुभव साटासाट भएको मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ । संवादका क्रममा नेपालमा रहेका अमेरिकी नागरिकलाई नेपाल सरकार गरेको संरक्षणमा विदेशमन्त्री पोम्पेओले प्रसंशा गरे ।

कुराकानीका क्रममा दुई मन्त्रीहरुले एकअर्काे देशमा कोरोनाका कारण ज्यान गुमाउनेप्रति समवेदना व्यक्त गरेका थिए। अमेरिकी विदेशमन्त्री माइकल पोम्पेओले भविष्यमा पनि नेपाललाई सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

नेकपाभित्रै एमसिसिलाई लिएर विवाद भइरहेको बेला भएको टेलिफोन कुराकानीलाई अर्थपूर्ण रुपमा हेरिएको छ।