२३ बैशाख २०८१, आईतवार

भीषण सुख्खा पहिरोकाे कारण नारायणगढ-मुग्लिन सडक खण्ड अवरूद्ध

Narayangadh Muglin Sukhkha pahiro

चितवनको मुग्लिन नजिक भीषण सुख्खा पहिरो खसेका कारण नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

 इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार इच्छाकामना गाउँपालिका-६ टोपेखोला नजिकै सोमबार राति ८ बजेर ५ मिनेट जाँदा सुख्खा पहिरो खसेर बाटो दुईतर्फी नै अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले सडक विभागसँग समन्वय गरी पहिरो हटाउने पहल भइरहेको पनि जानकारी दिए । ठूलो पहिरो खसेकोले तत्काल खुलाउने सम्भावना नभएको उनले बताए ।

सडक डिभिजन कार्यालय भरतपुरले पहिरो गएको ठाउँमा डोजर पठाएको र पहिरो पन्छाउन सुरु गरेको जनाएको छ । सडक अवरुद्ध हुँदा नारायणगढतर्फ आउने र मुग्लिनतर्फ जाने सवारी साधनहरु सडकमै रोकिएका छन् ।

    सम्बन्धित समाचार...