१६ चैत्र २०८०, शुक्रबार

संसद् बैठक १७ गते मात्रै, असार १६ सम्म एमसिसी संसदबाट अनुमोदन भइसक्नु पर्ने

MCC 1

समझदारी अनुसार अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) असार १६ (जुन ३०) सम्म संसदबाट अनुमोदन गरिसक्नुपर्ने भए पनि संसद बैठक भने असार १७ गते का लागि बोलाइएको छ। यसकारण मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) तोकिएको समयमा पारित नहुने लगभग पक्का भएको छ ।

सत्तारुढ नेकपाभित्र एमसिसी स्वीकृत गर्ने कि नगर्ने भन्ने विषयम विवाद चलिरहँदा अनुमोदनका लागि दिइएको अन्तिम मिति घर्किने भएको हो। एमसीसी छल्न संसद वैठक एक हप्ता सारेको भन्दै सभामुख अग्नी सापकोटसँग प्रधानमन्त्री केपी ओली रुष्ट भएका छन्।

प्रधानमन्त्री ओली एमसीसी पारित गराउने पक्षमा छन् । उनले एमसीसीको बारेमा पढ्दै नपढी हल्लाको पछि मात्र लागेको बताउँदै आएका छन्। राष्ट्रिय सभाको वैठकमा पनि सांसदहरुको जवाफ दिने क्रममा उनले सो कुरालाई दोहोर्‍याउँदै एमसीसीको विपक्षमा बोल्ने नाममा टाउकाले टेकेर उल्टो नहिड्न भनेका थिए।

यद्यपि एमसीसीलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै नेताहरुबीच विवाद रहेको छ ।

विद्युत् प्रसारण लाइन र सडक सुधारको लागि अमेरिकाले एमसीसी परियोजनामार्फत नेपाललाई पाँच सय मिलेनियम अमेरिकी डलर अर्थात् झण्डै ५५ अर्ब रुपैयाँ सहयोग गर्ने सम्झौता भएको छ । तर यो सम्झौता संसदबाट अनुमोदन गर्नुपर्ने, भारततर्फको प्रसारण लाइनको लागि भारतको सहमति चाहिनेलगायतका केही शर्तका कारण नेपालमा यसको विरोध पनि भइरहेको छ ।

आफ्नै दलभित्र असहयोग खेपिरहेका प्रधानमन्त्री ओलीले एमसीसी अनुमोदनको मिति सकिनै लाग्दा यो परियोजना नविकरणको लागि अनुरोध गर्दै अमेरिकी सरकारलाई पत्राचार गराएका छन्।