५ जेष्ठ २०८१, शनिबार

भन्सार विभागको छानबिन समितिको निष्कर्ष- सुन काण्डमा कर्मचारीको गम्भीर लापर्बाही

arrest gold

भन्सार विभागको छानबिन समितिले कर्मचारीकै लापरबाहीका कारण विमानस्थलबाट अवैधरुपमा सुन भित्रिएको निष्कर्ष निकालेको छ ।

त्रिभुवन विमानस्थलबाट ब्रेक शुको स्वरुपमा अवैधरुपमा सुन बाहिरिएको सार्वजनिक भएपछि भन्सार विभागले निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छानबिन गर्न समिति गठन गरेको थियो । पौडेल नेतृत्वको समितिले २८ दिनपछि महानिर्देशकलाई छानिबन प्रतिवेदन बुझाएको छ ।

समितिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका कर्मचारीले आवश्यक सजकता अपनाउन नसकेको तथा उनीहरुमा गलत नियत देखिएको रिपोर्टमा उल्लेख गरेको छ ।

कान्तिपुर समाचारसँग कुरा गर्दे विभागका महानिर्देशक शोभाकान्त पौडेलले कर्मेचारीको गम्भीर लापर्बाहीका कारण अवैधरुपमा सुन भित्रिएको निष्कर्ष समितिले निकालेको बताए । उनका अनुसार घटनामा संलग्नलाई देखिएका कर्मचारीलाई कस्तो कारबाही गर्ने भन्नेमा अर्थ मन्त्रालय र विभागले गृहकार्य गरिरहेको छ ।

स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको उक्त सुन साउन २ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट भन्सार पास भएर बाहिरिएको थियो । उक्त सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । सुन तस्करी प्रकरणमा अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित समाचार...