२ जेष्ठ २०८१, बुधबार

कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

sunil sharma

त्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा सांसद शर्मा पक्राउ परेका हुन्।

उनलाई गोल्फुटारस्थित आफ्नै निवासबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार पक्राउ गरेको हो ।

मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद शर्मालाई भारतबाट प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बनाएको भेटिएपछि अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो ।

विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालकसमेत रहेका शर्माले सोही प्रमाणपत्रका आधारमा उनले एमबीबीएस अध्ययन गरेका थिए ।

उनी काठमाडौं मेडिकल कलेज, पिपल्स डेन्टल कलेज र चिकित्सा शिक्षा तयारीका लागि अध्ययन गराउने संस्था भाइब्रेन्टका लगानीकर्ता पनि हुन् । पक्राउ परेका सांसद शर्मालाई सीआईबीको हिरासतमा राखिएको छ ।

शर्माले केही दिनअघि सुन तस्करी प्रकरणमा प्रतिनिधिसभामा बैठकमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका थिए । सुन तस्करी प्रकरणको छानबिन नभएसम्म सदनमै अनशन बस्ने चेतावनीसमेत उनले दिएका थिए । शर्माको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएकाको भन्दै अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी पत्र सीआईबीले संघीय संसद् सचिवालयलाई दिएको छ ।

    सम्बन्धित समाचार...