२ जेष्ठ २०८१, बुधबार

बालेनलक्षित महेश बस्नेतको टिप्पणी : तिमी नयाँ केही होईनौं, नेपाली कांग्रेसको भाग-२ हौ

mahesh basnet
फाइल फोटो

नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले नेपालमा ओरिजिनल भाइ कांग्रेस माओवादी र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) भएको गम्भीर आरोप लगाएका छन् । उनले नेपालमा दलाल, पुँजीपतिहरुको नाइके पनि माओवादी नेताहरु भैरहेको आरोप लगाए ।

राष्ट्रिय युवा संघ नेपाल ११औं जिल्ला अधिवेशन आयोजक कमिटी, कपिलवस्तुद्वारा आयोजित प्रथम पूर्ण बैठक र अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमा बोल्दै नेता बस्नेतले यस्तो आरोप लगाएका हुन् । सुन तस्करीको संरक्षक पनि आज माओवादीहरु भएको उनको आरोप छ ।

कांग्रेसपनि आज तस्करीहरुको संरक्षक बनेको उनको आरोप छ । संसदीय व्यवस्थालाई बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने व्यवस्था भनेर माओवादीका नेताहरुले भनेपनि आज सबभन्दा बढि बोकाको टाउको देखाएर कुकुरको मासु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनार्दन शर्मा र नारायणकाजी श्रेष्ठहरुले खाएको आरोप लगाए ।

माओवादीका नेता जनार्दन शर्माले अर्थमन्त्री हुँदा बजेट ल्याउँदा बजेटका दररेटमा चलखेल गरेको गम्भीर आरोप लगाए । शर्माले अर्थमन्त्रीको रुपमा बजेट ल्याउँदा सिमेन्ट उद्योग, फलाम उद्योग र इभी भेहिकलसँग सेटिंग गरेर करको दररेटमा चलखेल गरेको बस्नेतको आरोप छ । अहिलेको सरकारले सिडिओ, भन्सारका हाकिम र एसपी पनि घुस खाएर सेटिंगमा राम्रो ठाउँमा पठाउने गरेको उनको आरोप छ ।

यस्तै, भन्सार सिमा नाकाबाट आउने सामानहरु वैद्य च्यानलबाट ल्याउन नदिएर अवैद्य च्यानलबाट ल्याउने काममा सरकार लागिपरेको उनको अर्को गम्भीर आरोप छ । उनले काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको पनि आलोचना गरे । मेयर शाहलाई उनले कांग्रेसको भाग–२ को संज्ञा दिए ।

पुँजीगत खर्च बालेनले जम्मा १० प्रतिशतमात्रै गरेको उनको भनाई छ । मेयर बालेन्द्रले तोड्ने, फोड्ने, गरिबलाई लखेट्ने, सुकुम्बारी लखेट्ने, फुटपाथ पसल लखेट्ने, व्यवसायीलाई लखेट्ने, अण्डरग्राउण्ड सकाउनेलगायतका काम गरेको उनको भनाई छ । उनले मेयर बालेनले गरिबहरुलाई लखेटेको र धनी, सामन्ती र पुँजीपतिहरुलाई भने सपोर्ट गरेको आरोप लगाए । उनले भने,”त्यही भएर तिमी नयाँ केही होइनौं, नेपाली कांग्रेसको भाग २ हौ । कांग्रेसले जे गरिहेको छ, तिमीले त्यही गरिरहेको छौ । फरक यत्ति हो, तिमीले सोसल मिडियाको दुरुपयोग गर्दै मान्छेलाई भ्रम फिँजाईरहेका छौ ।”

https://www.facebook.com/MaMaheshBasnet/videos/942123726856045/

    सम्बन्धित समाचार...