५ जेष्ठ २०८१, शनिबार

कोशी प्रदेशमा मध्यावधिको विकल्प स्विकारौँ : बाबुराम भट्टराई

baburam bhattarai
फाइल फोटो

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कोशी प्रदेशमा मध्यावधि निर्वाचनमा जानु उपयुक्त हुने बताउनुभएकाे छ । सरकार निर्माणका लागि कसैकाे पनि बहुत नपुगेकाे अवस्थामा उहाँले मध्यावधि निर्वाचनमार्फत् निकास दिनुपर्ने बताउनुभएकाे हाे ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उहाँले कोशी सरकार गठनका बारेमा दलहरू मिल्न नसकेकाे अवस्थामा मध्यावधि निर्वानमार्फत विकल्प दिनुपर्ने बताउनुभएकाे छ ।

‘१ नं प्रदेशमा घोषित रूपमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता विरोधी र सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्यत् शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नु भन्दा यो संविधानका अन्तरवस्तु स्वीकार्ने शक्तिहरू मिलेर सरकार बनाउने, नत्र मध्यावधिमा जाने विकल्प स्विकार्नु उपयुक्त होइन र ?’ ट्वीटरमा भन्नुभएकाे छ ।

सत्तालिप्साले संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बन्छ र प्रतिक्रान्तिको आधार तयार हुन्छ भन्ने कुरा लोकतन्त्रवादी र क्रान्तिकारीहरूले बुझ्नुपर्ने कुरामा उहाँले जाेड दिनुभएकाे छ ।

    सम्बन्धित समाचार...