२१ बैशाख २०८१, शुक्रबार

बढ्यो सुनको मूल्य

gold silver

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । नयाँ भाउ अनुसार नेपाली बजारमा सुनको मूल्यमा आज आठ सय रुपैयाँले बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज ८ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १३ हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ९५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ६५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर एक हजार ४९० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

    सम्बन्धित समाचार...